हुनेवाला बुहारी सार्वजनिक

मंसिर १७, चितवन । चर्चित गायक रविन लामिछाने र चर्चित गायिका सम्झना भण्डरीको नयाँ पञ्चेबाजाको गीत ‘हुनेवाली बुहारी’ सार्वजनिक भएको छ ।
माया प्रेम र बिवाहको सन्दर्भलाई जोडिएको गीतमा रविन लामिछाने र सम्झना भण्डारीको आवाज रहेको छ। ‘हुनेवाली बुहारी’ गीतमा रविन लामिछाने कै लय/शब्द रहेको गीत चितवनका पत्रकार तथा पर्यटन व्यवशायी नविन नेपालको निर्माणमा तयार भएको छ ।
विश्वास नेपालको संगीत संयोजन रहेको गीतमा पबित्रा न्यौपाने र प्रेम थापाको साथमा सन्तोष भट्टराईको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतलाई प्रकाश खड्काले खिचेका हुन।

राजेश कुमारले सम्पादन गरेको गीत स्पन्दन मिडियाले बजारमा ल्याएको हो। हिजो साँझ ८.३० बजे सार्बजनिक भएको गीतले दर्शकको माया बटुलिरहेको छ । दर्शक र श्रोताको चाहना र मनोरंजनका लागी दर्शक श्रोताको सुझाब अनुसार आगामी दिनमा पनि निरन्तर गित संगीतका कोशेली बजारमा ल्याउने तयारि भएको स्पन्दन मिडियाले जनाएको छ ।








