अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित

पुस ३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाटपारित भएको हो । 

ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बुधबारदेखि बहस चलेको थियो । बहसपछि नेपाली समयअनुसार बिहीबार बिहान भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको छ । महाभियोगका लागि २१६ मत आवश्यक पर्नेमा त्यसभन्दा १४ मत बढी परेको हो । ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप लागेको छ ।  

null

पूर्व उपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ ।  यसबारे विभिन्न सुनुवाइ गरेको तल्लो सदनले मतदानमार्फत ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *