ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै १ को मृत्यु दुई घाइते

पुस ६, कास्की । पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।
बिजुलीको पोल बोकेर ठाना जाँदै गरेको ना ७ त ३६६८ को उक्त ट्याक्टर मोदी गाउँपालिका ६ ठानामा ब्रेक फेल भएर पल्टिँदा ट्याक्टरमा सवार पाँच मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का दुई जना गम्भिर घाइते भएका हुन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा पर्वत जिल्ला मोदी गाउँपालिका २ गौंडा निवासी १८ वर्षीय ट्याक्टरका सहचालक दीपेन्द्र नेपाली रहेका छन् ।

यस दुर्घटनमा परी गम्भिर घाइते हुनेमा ट्याक्टरका चालक बागलुङका ३७ वर्षिय प्रकाश नेपाली र बागलुङका २९ वर्षिय कामदार तेजेन्द्र थापा रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडक भन्दा अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।








