शक्ति केन्द्रको आडमा शैक्षिक क्षेत्रमा द्विराज शर्माको मनपरी, आइडीपी ल्याउनै फुटाइयो इक्यान

मंसिर १८, काठमाडौं । शैक्षिक परामर्श क्षेत्रलाई धरासायी बनाउन विदेशी लगानी र हस्तक्षेप भित्र्याउन ठूलो चलखेल गरीयो । यसका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) लाई समेत फुटाउने कार्य भयो । यस कार्यमा सबैभन्दा बढि सक्रिय रहे नयाँ बानेश्वर स्थित अल्फाविटाका मालिक ‘द्विराज शर्मा शिवाकोटी’   

आइडीपीलाई नेपालमा भित्र्याउन मुख्य भूमिका खेलेका द्विराज शर्माले इक्यान फुटाउने बेला इक्यानको निर्वाचनमा पटकपटक हार ब्यहोरेका अर्का ब्यवसायी सरोज बस्नेतलाई समाते । र, उनकै गठजोडमा निर्वाचनमा हारेको बदला लिनका लागि शैक्षिक परामर्श ब्यवसायलाई नै धरासायी बनाउन आइडीपी भित्र्याउने चलखेल भयो ।   

तर, आइडीपी ल्याउनकै लागि इक्यानलाई फुटाएर नेका बनाउनेहरु पनि यतिबेला छिन्नभिन्न भइसकेका छन् । केहि इक्यानका सदस्यहरु ‘बाटो बिराइएछ’ भनेर इक्यानमै फर्किसकेका छन् भने, केहि शर्माको कूनियत बुझेपछि स्वतन्त्र भएर काम गरिरहेका छन् । यतिबेला नेकामा सदस्यहरुको समेत खडेरी परेको छ । इक्यान फुटाएर ल्याइएका सदस्यहरु धमाधम ‘पुरानै घर’ फर्किन थालेपनि द्विराज शर्मा, सरोज बस्नेतको ओठमुख सुकेको छ । नेकाबाट बाहिरिएकाहरुलाई पुनः फर्काउन द्विराज शर्माले ठूलै कसरत गरिरहेका छन् ।   

आइडीपी ल्याउने चलखेल भइरहेकै बेला इक्यानले चर्को विरोध गर्यो, त्यसपछि शिक्षा मन्त्रालयले पनि द्विराज शर्मा र आइडीपीको नियतमा खोट देखेपछि आइडीपी माथी रोक लगाइदियो । तर, उनीहरुले सर्वोच्च गएर अन्तरिम आदेश ल्याए । र, त्यहि अन्तरिम आदेशकै बलमा अहिले आइडीपी मार्फत धमाधम नेपाली विद्यार्थीलाई अस्ट्रेलिया लैजाने काम भइरहेको छ ।   

आइडीपी अस्ट्रेलियाको ठूलो शैक्षिक संस्था भएपनि यसले नेपाली विद्यार्थीको दिर्घकालिन हितमा काम गर्न नसक्ने शैक्षिक परामर्श ब्यवसायीको भनाई छ ।   

आइडीपीलाई चलाउन पर्दा पछाडी द्विराज शर्माको हात छ भने, बाहिरबाट निरज सिटौला (भुपेन्द्र) छन् । निरज सिटौला द्विराजकै निर्देशनमा काम गर्छन् । बैचारिक रुपमा यी दुई विच राजनीतिक रुपमा फरक मत भएपनि पैसा कमाउन भने एउटै मत छ । शिक्षालाई पैसाको तराजुमा तौलने शर्मा र सिटौलाले शैक्षिक क्षेत्रलाई बदनाम गरिरहेका छन् ।   

शैक्षिक परामर्श क्षेत्रलाई धरासायी बनाउन र आइडीपीको सिण्डिकेट लागू गर्नकै लागि द्विराज शर्माले राजनीतिक आड पाएर अदालतदेखि प्रशासनमा पनि प्रभुत्व जमाएका छन् । ‘आइडीपीको उद्देश्य नै प्रष्ट नगरीकन ल्याउनु भनेको भोली यो क्षेत्रमा नेपाली ब्यवसायीलाई टिक्न नदिनु हो । यो क्षेत्रलाई धरासायी बनाउने काम भयो’ शैक्षिक परामर्श ब्यवसायी भन्छन् ।   

शैक्षिक परामर्श क्षेत्रमा सिन्डिकेट लाद्ने गरी आइडीपी ल्याएपछि सबैभन्दा बढि विरोध इक्यानले गरेको थियो । त्यसकै रिस फेर्न द्विराज शर्माले इक्यानलाई फुटाएको आरोप मात्र छैन उनले चलाएको अल्फाविटाले राज्यको करोडौं राजस्व समेत छली गरेको आरोप छ । यही सिलसिलामा आन्तरिक राजस्व कार्यालयले अल्फाविटामा छापा मारेपनि शक्ति केन्द्रको आडमा द्विराज शर्माले यो घटनालाई गुपचुप बनाएका छन् । 

शर्माले प्रधानमन्त्री केपी शर्मा ओली निकट भएको फाइदा लुटेका छन् । साना शैक्षिक परामर्श ब्यवसायीलाई त ठाडै भन्छन् ‘आइडीपी रोकिँदैन, प्रधानमन्त्रीको साथ छ, हेरौं कसले के गर्दो रहेछ ?’ शर्माको केहि सहकारीहरुमा ‘कालोधन’ समेत रहेको बुझिएको छ । विद्यार्थीको पैसा जग्गा प्लटिङमा लगानी गरी रातारात अरबपति बन्ने द्विराज शर्माले शक्तिको आडमा शैक्षिक परामर्श क्षेत्रमा मनपरी मात्र गरेका छैनन् सिण्डिकेट पनि लगाइरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =