समाचार संकलन गर्न ढिलो पुगेको भन्दै पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष कुटिए

मंसिर २६, धरान । समाचार संकलन गर्न ढिला आएको भन्दै सुनसरीको धरानमा एक पत्रकार माथि आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा न्यूज २४ टेलिभिजनका पत्रकार सन्तोष काफ्लेमाथि आज बिहिबार दिउँसो आक्रमण भएको हो । 

आक्रमणबाट पत्रकार काफ्लेको देब्रे आँखामा गम्भीर चोट लागेको छ साथै नाचको टुप्पो भाँचिएको सिटिस्क्यानबाट देखिएको छ । 

धरानकै सल्लेरी वचत तथा ऋण सहकारी संस्थाका पीडित वचतकर्ताहरुले पत्रकार काफ्ले माथि आक्रमण गरेको बताइएको छ । पीडित बचतकर्ताहरुको आन्दोलनको समाचार संकलन गर्न ढिलो पुगेको भन्दै पीडित वचतकर्ताहरुले काफ्लेमाथि आक्रमण गरेको खुल्न आएको छ ।   

पत्रकार काफ्लेलाई धरानकै विजयपुर हस्टिपलमा प्रारम्भिक उपचार गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लगिएको छ । उनको स्वास्थ्यवस्था भने खतरामुक्त रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले बताएका छन् । काफ्लेलाई बचतकर्ताहरुले ‘समाचार लेख्न किन ढिलो आइस भन्दै विवाद गर्दै अन्धाधुन्ध आक्रमण गरेका छन् ।   

सल्लेरीका अध्यक्ष कृष्ण विकले शिखर सगरमाथा सुनचाँदी पसल सञ्चालन गरेर सल्लेरीको खातामा रकम जम्मा गरेका थिए । सल्लेरीले करिब ८ करोडभन्दा माथि ठगी गरेको पीडितले बताउँदै आइरहेका छन् । अध्यक्ष विकलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि जेल चलान गरेको छ ।  

सल्लेरीका अध्यक्ष कृष्ण विकले शिखर सगरमाथा सुनचाँदी पसल सञ्चालन गरेर सल्लेरीको खातामा रकम जम्मा गरेका थिए । सल्लेरीले करिब ८ करोडभन्दा माथि ठगी गरेको पीडितले बताउँदै आइरहेका छन् । अध्यक्ष विकलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि जेल चलान गरेको छ ।  

पत्रकार काफ्लेलाई दिपक राई, नरेश शाही र एक महिलाले आक्रमण गरेको बताइएको छ । प्रहरीले आक्रमणमा संलग्नको आशंकामा २१ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । उनीहरु मध्ये काफ्लेको बयान तथा उजुरीको आधारमा निर्दोष देखिएकाहरुलाई छाडिनेछ ।   

यसैविच नेपाल पत्रकार महासंघ सुनसरी शाखाले घटनाको भत्सर्ना गर्दै विज्ञप्ति जारी गरेको छ । महासंघ सुनसरी सचिब हिमाल दाहालद्वारा जारी विज्ञप्तिमा आक्रमण निन्दनीय भएको भन्दै घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारवाहीको माग गरिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =