मानव तस्करीमा परेर फर्किएकाको प्रस्तुतीमा सर्कस प्रदर्शन गरिने

  

मंसिर २६, काठमाडौं । बालबालिकाको हितमा सक्रिय रहँदै आएको संस्था ‘राउन्ड टेबल नेपाल’ ले सर्कसको आयोजना गर्ने भएको छ ।   

बिहीबार दिउँसो राजधानीमा पत्रकार सम्मेलन गरी राउन्ड टेबलले बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएकाहरुको संस्था ‘सर्कस काठमाडौं’ सँगको समन्वयमा आउँदो शनिबार ‘जीन्दगीको उडान’ नामक सर्कस देखाउने जानकारी दिएको हो ।   

कार्यक्रम २८ मंसिरको अपरान्ह साढे तीन देखि साढे पाँच बजेसम्म हुने जानकारी दिइएको छ ।  

  

‘राउण्ड टेबल १२’ का अध्यक्ष सज्जन अग्रवालले सर्कसमा सहभागीहरु विगतमा मानव तस्करीमा परेर उद्धार भई आएकाहरु हुने बताए । कार्यक्रममा ४ सय ७० विपन्न र आश्रित बालबालिकाहरु सहभागी हुने छन् ।       

राउन्ड टेबुलको संयोजनमा प्रस्तुत हुने सर्कसबाट संकलित रकम बालिबालिकाको हितमा खर्च हुने ‘राउण्ड टेबल २५’ का अध्यक्ष साहिल अग्रवालले जानकारी दिए ।   

राउण्ड टेबलले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणलगायतका क्षेत्रमा टेवा पुग्ने कार्य गर्दै आएको उनको भनाइ थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =