मिनीटिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु, जीपमा लुटपाट गर्ने ६ पक्राउ

पुस ८, काठमाडौं । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ ।   

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए  । 

धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरतिर आउँदै गरेको बा४ख ५७२८ नंको मिनीटिपरले पिपरा गापा–५ को चाँदनीचोकमा साइकलमा यात्रारत मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।   

Image result for मृत्यु

उनले मिनीटिपरका चालकलाई नियन्त्रणमा लिइएको र  मृतकका शव परीक्षण गर्न गएराति नै जिल्ला अस्पताल जलेश्वरमा पठाइएको बताए । 

त्यस्तै यता कैलालीको धनगढीबाट अत्तरियातर्फ गइरहेको बा१८च ९६४३ नं को जीप आइतबार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

  

गोदावरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त जीप धनगढीको बोराडाँडीमा नियन्त्रणमा लिई तोडफोड गर्दै निज भट्टका साथबाट मोबाइलसमेत लुट्ने समूहका व्यक्तिलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । 

पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्तनगरका अजय भण्डारी, गौरव चन्द, चिरन बम, कृष्णपुरका नरेन्द्र साउद, प्रदीप ऐर र धनगढीका पारस सिंह  छन् । उनीहरुविरुद्ध डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *