भारी हिमपातले रुघाखोकीका बिरामी बढ्दै
२०७६ पुस १२ गते

पुस १२, हुम्ला । सिमकोट गाउँपालिका-२ मा यतिबेला रुघाखोकीका बिरामीले गाउँ नै थला परेको छ ।
जिल्लाकै बढी जनसङ्ख्या र ठूलो बस्ती (५ सय घरधुरी) रहेको ठेहेमा यतिबेला एक घरमा दुईदेखि तीन जना बिरामी भएका छन् ।
गाउँमै रहेको ठेहे स्वास्थ्यचौकीमा दैनिक ४५ देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अहेव नर भण्डारीले जानकारी दिए । स्वास्थ्यचौकीमा उपचार गराउन आउने बिरामीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी आउने गरेको उनले बताए ।

गत मंसिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको पनि उनले बताए ।
२०७६ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








