सहिमा र सन्दिपको “तिम्रै हुनु छ” सार्वजनिक (भिडियो सहित)
२०७६ मंसिर २९ गते

मंसिर २९, काठमाडाैँ । चर्चित गायक/ गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित “तिम्रै हुनु छ” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पूर्ण नेपाली गीत संगीतको पारखीहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि गायिका श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गित सांगीतिक बजारमा लिएर आएका हुन् ।
संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायांकन गरेका हुन् भने निर्देशक शान थापाले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा अर्जुन गौतम र एलिसा राईलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस
https://youtu.be/H-Gpot-SYHI
२०७६ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित








