टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ्ग

मंसिर २६, काठमाडौं । टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले जाडोयामको अवसरमा विन्टर ब्लेसिङ्ग कार्यक्रमको आयोजना गर्ने भएको छ ।   

कम्पनीले टाटा मोटर्सको थापाथली स्थित अत्याधुनिक सोरुममा शुक्रबार (मंसिर २७) देखि आइतबार (मंसिर २९) सम्म सञ्चालन गर्ने जानकारी दिइएको छ ।   

कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, एन.आर.जी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध हुनेछ ।   

कार्यक्रममा नगद छुट, डोर प्राईज, गाडि सजावटका सामानहरु, बीमा सुविधा, एक बर्षको सवारी कर, प्रत्यक गाडिको मुल्याङ्कनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष आर्कषणहरु रहेका छन् ।     

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =