एक प्रदेशसहित ३९ स्थानीय तहको मत परिमाणः कहाँ कसले जिते ? (सूचीसहित)

मंसिर १५, काठमाडौं । ३७ जिल्लाका रिक्त ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको हालसम्म प्रदेश सभाको १ र ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। 

विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन भएको थियो ।   

जसमध्ये भक्तपुरको प्रदेशसभा १ को (क) मा नेपाली कांग्रेसका कृष्णलाल भँडेल १३ हजार ४ सय ४९ मतसहित विजयी भएका छन्। 

त्यस्तै स्थानीय तह अन्तर्गत वडा अध्यक्ष पदमा सत्तारुढ नेकपाले अग्रता कायम गरेको छ। 

निर्वाचन आयोगका अनुसार सत्तारुढ नेकपाका २२, नेपाली कांग्रेसका ११, राजपा नेपालका तीन र समाजवादी पार्टीका उम्मेद्वारले तीन स्थानमा विजय हाँसिल गरेका छन्। 

४३ वडामा भएको निर्वाचनमध्ये प्युठानको ऐरावती गाउँपालिका १ र २ को मतपरिणाम प्राप्त हुन बाँकी छ । यसैगरी महोत्तरीको बलवा गाउँपालिका ८ र धरान उपमहानगरपालिका ७ को परिणाम पनि आउन बाँकी छ । 

हेर्नुहाेस् सूचीः कहाँ कसले जिते ? 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *