नेपाल बैंकका पूर्व शाखा प्रबन्धक कोइराला पक्राउ

पुस १४, काठमाडौँ ।  नेपाल बैंक लिमिटेडका पूर्व प्रवन्धक भूपराज कोइराला पक्राउ परेका छन् ।   

डिल्लीवजार शाखा कार्यलयका पूर्व प्रवन्धक कोइरालालाई प्र हरीले बैंकिङ कशुरको आरोपमा पक्राउ गरेको हो ।   

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) को टोलीले   पुस ११ गते पक्राउ गरेको हो 

Related image

सिआइवीका अनुसार सोलुखुम्बु साविक सल्यान गाविस वडा नम्बर ८ नेचाका स्थायी वासिन्दा कोइरालामाथी शाखा प्रमुख हुँदा बैंकलाई नभएको दायित्व सिर्जना गराई अनुचित लाभ लिएको आरोप लागेको छ । 

पक्राउ परेका कोइरालालाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *