नेकपा र राजपाबीचको सहमतिले सत्तासाझेदारनै तरंगित, यतिसम्म भने बाबुरामले…

पुष ३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमतिले राजनीतिमा तरङ्ग ल्याएको छ । पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यो तालमेलाई दास र मालिकबीचको सम्बन्धसँग तुलना गरेका छन् ।
राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटमा दुई पार्टीबीच साझा उम्मेदवार उठाउने सहमतिबारे टिप्पणी गर्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका यस्तो लेखेका छन् । ‘जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभरदृष्टिदोष रहिरहन्छ वा अर्को दास भन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूले पूर्ण मुक्ति हुन्न १ ‘फुटाउ र राज गर’को नीतिमा मालिकहरू खप्पिस छन् । अहिलको नयाँ मालिकहरू झन धुर्त छन् । खाँचो छ त नयाँ स्पार्टाकसको १ सबैलाई चेतना भया ।’
नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले पनि यो तालमेलको विरोध गरेका छन् । उनले नेकपा र राजपाबीचको सहमति पत्रलाई ट्वीटरमान शेयर गर्दै ‘दक्षिण प्रभु दाहिनाहोस् । कालापानी, लिपुलेक अनि लिम्पियाधुराको लड्डु प्रभुलाई चढाइयोस् । प्रभुकै आदेशमा हाम्रो राजनीतिको खेती चलिरहोस् । दक्षिण प्रभुका अनुयायीहरू एक होऔं ।’

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र राजपा संयोजक राजेन्द्र महतोबीच राष्ट्रियसभामा प्रदेश–२ मा रिक्त चार मध्ये दुई–दुई सिट लिने सहमति भएको थियो ।








