‘एमसीसी’ बारे परराष्ट्रको भनाई आधिकारिक

पुष १४, काठमाडौँ ।  मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा सर्वत्र चर्चा भइरहँदा सरकारले यस विषयमा परराष्ट्र मन्त्रालयको भनाइ नै आधिकारिक भएको  स्पष्ट पारेको छ ।   

सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमनत्री प्रदिप ज्ञवालीले एमसीसी इन्डोप्यासेफिकको अंग नभएको दावी गर्दै यो नेपालमा ल्याउँदा देशलाई कुनै हानी नुहने स्पष्ट पारे ।   

उनले पार्टीहरुभित्र एमसीसीको विषयमा छलफल हुनु स्वाभाविक भएपनि यसको यथार्थतामा गएर बहस गरिनुपर्नेमा जोड दिए ।   

‘बाहिर आएका एमसीसी लगायतका परियोजनाका प्रतिक्रियालाई सामान्य रुपमा लिएको बताउँदै उनले त्यसको सत्यतामा जान आग्रह गरे । उनले भने,‘ सत्यतामा जाऔँ, यथार्थतामा जाऔँ ‘एमसीसीको परियोजना सम्पन्न हुँदा नेपाललाई फाइदा नै हुन्छ ।’   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *