कलाकार केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

मंसिर ३०, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । 

भट्टराईको पार्थिव शरीरलाई सोमबार दिउँसो श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिने र अपरान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी भइरहेको सूचना तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

आइतबार राति ओम अस्पताल ल्याउँदा ल्याउँदै अध्यक्ष भट्टराईको निधन भएको थियो । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पतालतर्फ लगिँदै थियो, बाटैमा उनको निधन भएको हो । 

null

स्वर्गीय भट्टराईलाई राष्ट्रिय सम्मान दिइयोस् भन्ने बोर्डको प्रस्ताव मन्त्रालयबाट स्वीकृत भइसकेको छ । सो प्रस्तावलाई अपरान्ह बस्ने मन्त्रिपरिषदको बैठकमा पेश हुनेछ । तर, त्यसअघि नै प्रधानमन्त्री र मुख्यसचिवसँग सल्लाह गरेर भट्टराईलाई राष्ट्रिय सम्मान दिइने सरकारको तयारी छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *