बेटर नेपालद्वारा ‘सम्पदा पदयात्रा’ कार्यक्रमकाे घोषणा

पुस ०९, काठमाडौं । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बेटर नेपालले भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर ‘हेरिटेज वाक’ पदयात्रा गर्ने घोषणा गरेको छ । 

‘नेपालको सम्पदा हाम्रो गौरब’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । उक्त पदयात्रामा बेटर नेपालको संयोजकत्वमा अन्य ३० वटा भन्दा बढी सामाजिक संघसंस्थाहरु आबद्ध रहेकाे कार्यक्रमकी अध्यक्ष माला खरेलले बताईन् ।  

उनले यस कार्यक्रममा नेपालका तीनै तहका सरकारका निकाय, सुरक्षा निकाय, युवा विद्यार्थी, विशिष्ट कलाकारहरु, सरसफाई अभियन्ता, सामाजिक अभियन्ता, पत्रकार र नागरिकहरुको सभागिता रहने बताईएको छ ।   

null

पदयात्रा कार्यक्रम यही पुस १२ शनिबार पशुपति मन्दिर परिसरबाट विहान ८:१५ बजेदेखि सुरु भएर वसन्तपुर दरबार पुगेर समापन हुनेछ । पुस १९ गते शनिबार माइतीघर मण्डलादेखि स्वयम्भु स्तुपासम्म विहान ८:१५ देखि नै हुने पनि आयोजकले जनाएको छ ।   

पुष २६ गते शनिबार पाटनढोकादेखि पाटन कृष्ण मन्दिरसम्म विहान ८ः१५ मै सम्पन्न हुनेछ । त्यसैगरी माघ ४ गते शनिबार नयाँ ठिमी शंखधरचोकबाट भक्तपुर दरबार परिसरसम्म बिहान ८ः१५ बजे नै हुनेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *