८ औं यःमरी उत्सव सम्पन्न, पुस १८ गतेदेखि ‘धरान उत्सव’ हुदैँ

पुस १३, सुनसरी । धरानमा ८ औं यःमरी उत्सव शनिबार साझ सम्पन्न भएको छ ।   

गत पुष ९ गतेदेखि शुरू भएको यःमरी सांस्कृतिक उत्सव यःमरीका साथै नेवारी समुदायको अन्य परिकार चाख्दै सकिएको छ ।   

सो महोत्सवमा यसपटक नेवार समुदाय मात्रै होइन गैर नेवार समुदायले यःमरी चाखे भने यःमरी चाख्दै स्टल वरिपरी फोटो खिच्नेको पनि भीड नै लागेको थियो । 

आयोजक संस्थाकी संयोजक शिला बज्राचार्यले यसपटक  नेवार समुदायका महिला, पुरुषलाई तालिम नै दिएर निपूर्ण बनाई यमरीको परिकार बनाउन लगाईएको जानकारी दिईन । 

यसैबीच धरान उपमहानगरपालिकाले यहि पुस १८ गतेदेखि २० गतेसम्म ‘धरान उत्सव’ आयोजनाको तयारी थालेको छ । 

सरकारद्वारा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ तथा धरान स्थापना दिवसको अवसरमा ‘धरान उत्सव’ आयोजना हुन लागेको हो । धरान पमहानगरपालिकाका मेयर तिलक राईले यही पुस १८ देखि २० गतेसम्म तीनदिने धरान उत्सव आयोजना हुने जानकारी गराएको छ  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *