यौन शोषणको आरोप लागेका एसएसपीमाथि छानबिन गर्न गृहको पत्र

मंसिर २०, काठमाडौं । यौन शोषणको आरोप लागेका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि कारवाही प्रक्रिया अघि बढ्ने भएको छ । 

गृह मन्त्रालयले संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि यौन शोषणको आरोपमा आवश्यक अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी स्वीकृति दिएपछि कारवाही अघि बढ्ने भएकाे हाे ।   

राणामाथि धरानकी एक महिलाले यौन शोषणको आरोपमा उजुरी दिएकी थिइन् । कात्तिकको अन्तिम साता ती महिलाले गृह मन्त्रालय पुगेर मन्त्रालयका उच्च अधिकारीहरुसँग आफूमाथि यौन शोषण भएको दावी गरेको स्रोतको भनाइ छ ।   

राणा २०६९ सालमा सुनसरी प्रहरी उपरीक्षक थिए। त्यसपछि पनि उनी ट्राफिक प्रहरी कार्यालयमा प्रमुखको रूपमा कार्यरत थिए। 

राणा पछिल्लोपटक करिब तीन महिनायता संघीय प्रहरी इकाइ धरानमा कार्यरत छन् । ती महिलाले आफूलाई जीवनसाथी मानेर राणाले ठुलै धनराशी पनि लगेको आरोप लगाएकी छिन् ।   

यद्यपी राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् । आफूलाई बदनाम गर्न निराधार आरोप लगाउँदै षणयन्त्र रचिएको उनको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *