भारतीय गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध लगाउन अमेरिकी आयोगको माग

मंसिर २४, काठमाडौं । धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी आयोगले भारतको तल्लो सदनबाट नागरिकता सम्बन्धि विधेयक पासको विषयलाई लिएर चिन्ता व्यक्त गरेको छ ।   

प्रेस वक्तव्य जारी गर्दै आयोगले यदी उक्त विधेयक पारित भए अमेरिकी सरकारले भारतीय गृहमन्त्री अमित शाहसहित अन्य मुख्य नेताहरुलाई प्रतिवन्ध लगाउने विषयमा सोच्ने बताएको छ ।   

अमेरिकी आयोगले भारतको धर्मनिरपेक्षताको इतिहास समाप्त पार्ने गरी अब नागरिकता लिन पनि निश्चित धर्मको परीक्षा दिनुपर्ने अवस्था सिर्जना भएको आरोप अमेरिकी आयोगले लगाएको छ । 

null

सोमबार अबेर राति भारतको तल्लो सदनले नागरिकता संशोधन विधेयक पास गरेको हो । अब यसलाई राज्यसभामा पेश गर्ने छ । यस विधेयकमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानका छ अल्पसंख्याक (हिन्दु, बौद्ध, जैन, पारसी, इसाई र सिख) समुदायसंग सम्वन्ध राख्नेलाई भारतीय नागरिकता दिने प्रस्ताव गरिएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *