एकढिक्का देखिएको कांग्रेसमा एकाएक चर्कियो विवाद, गुटगत किचलो सतहमा !

मंसिर २७, काठमाडौं । उपनिर्वाचनका बेला एकढिक्का देखिएको कांग्रेसभित्र एकाएक विवाद चर्किएको छ। संस्थापनइतर समूहले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ। यससँगै कांग्रेसभित्रको गुटगत किचलो सतहमा आएको हो। 

१४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग राखी वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला समूहले बैठक बहिष्कार गरे। ‘केन्द्रीय विभाग गठन र संख्या बढाउने प्राथमिक विषय होइन। अब महाधिवेशनमै जोड दिनुपर्छ’, बैठक बहिष्कारपछि नेता पौडेलले सञ्चारकर्मीसँग भने, ‘हामीले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्छ भन्यौं। उहाँहरू सहमत हुनु भएन। बहुमतमा पेलेरै निर्णय गर्ने हो भने किन बैठकमा बसिरहनुपर्‍यो रु उहाँहरूले आफैं निर्णय गरे भइहाल्यो।’ प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी बनाउन नसकेको आरोप कांग्रेसलाई लागेको छ। आन्तरिक किचलोले गुटबन्दी झनै मौलाउने निश्चित छ। 

दुई घण्टा ढिलो गरी बसेको बैठकमा विभाग संख्या बढाउने, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान संशोधनलगायतकनौ फरक प्रस्ताव पेस भएका थिए। त्यसमा महाधिवेशनको विषय नसमेटिएको भन्दै पौडेल पक्ष रुष्ट बनेको हो। बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भएको थियो। पौडेलका अनुसार महाधिवेशनको कार्यतालिका प्रमुख एजेन्डा बनाउनुपर्ने मागमा देउवा सकारात्मक देखिएनन्। आफ्नो माग सम्बोधन नभएको भन्दै पौडेल समूहका नेता बैठकमा सहभागी भएनन्। उनीहरूले बहिष्कार गरे पनि बैठक बसेको थियो। 

null

उपसभापति विमलेन्द्र निधिले असहमतिका नाममा बैठकमा सहभागी नहुनु उचित नभएको प्रतिक्रिया दिए। ‘हामीले पेलेर जाने भनेकै छैनौं। सहमतिकै पक्षमा हौं। उहाँहरूका असहमति छन् भने केन्द्रीय कार्यसमिति बैठकमा राखे भयो’, उपसभापति निधिले भने, ‘बैठकमै नआउने भन्ने त राम्रो देखिएन नि १ महाधिवेशनमा जानुअघि पार्टीको अन्तरिम संरचनाले पूर्णता पाउनुपर्छ।’ उनले पार्टीको सांगठनिक संरचना समायोजन सम्पन्न नभई महाधिवेशनको प्रक्रिया सुरु गर्न सम्भव नभएको दाबी गरे। याे समाचार अन्नपूर्ण पोष्ट्ले छापेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *