छापाः कांग्रेसमा चर्को विवाद, नेकपाभित्र सभामुख छान्न सकस, सार्वजनिक सम्पतिमाथि जनप्रतिनिधिकै कर्के आँखा, नक्साविना बन्दै छ बालुवाटारमा प्रधानमन्त्री निवास

मंसिर २७, काठमडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिकाहरुले भिन्न भिन्न विषयलाई आ आफ्नो पत्रपत्रिकाको फ्रन्ट पेजमा समाचार बनाएका छन् । यद्यपी नेपाली कांग्रेसभित्र देखिएको विवादको विषय भने अधिकांश पत्रिकाको पहिलो पृष्ठको मुख्य समाचार बनेको छ ।
नागरिक दैनिकले काँग्रेसमा विवाद तीव्र, असन्तुष्टद्वारा बैठक बहिष्कार शीर्षकमा समाचार छापेको छ । नागरिक दैनिकका अनुसार कांग्रेस बैठकमा असन्तुष्ट पक्षले पूर्ववत निर्णय अनुसार नै पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका ल्याउन सभापति देउवासहित संस्थापन पक्षसँग आग्रह गरेको थियो तर सभापति देउवाले विधान विपरित प्रस्ताव ल्याएपछि पार्टीभित्र विवाद चुलिएको हो । नागरिक दैनिकले नै नेकपाभित्र सभामुख छान्न सकस शीर्षकमा समाचार छापेको छ ।
त्यस्तै आजको राजधानी दैनिकले उपत्यकामै सार्वजनिक सम्पतिमाथि कर्के आँखा, उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नतामा अतिक्रम शीर्षकमा समाचार छापेको छ भने आजको नेपाल समाचारपत्रले रोहिंग्या शरणार्थीले नेपालमा २३ टहरा बनाएको विषयलाई प्रमुख समाचारको रुपमा छापेको छ ।

आजको नयाँ पत्रिका दैनिकले बालुवाटारमा बन्दै गरेको प्रधानमन्त्री निवासको विषयमा समाचार छापेको छ । नयाँ पत्रिकाले नक्साविना बन्दै छन् बालुवाटारमा प्रधानमन्त्री निवास र सिंहदरबारमा संसद भवन र भैंसेपाटीमा मन्त्री निवास शीर्षकमा समाचार छापिएको छ ।
आजको पत्रपत्रिकाहरुको फ्रन्ट पेज








