टिपर पल्टिँदा सहचालको मृत्यु, चालक फरार

पुस ६, बर्दिबास । गएराती  महोत्तरीमा अनियन्त्रित भइ  टिपर दुर्घटना हुँदा एक सह–चालकमो मृत्यु भएको छ भने टिपर चालक भने फरार रहेका छन् ।   

प्रहरीका अनुसार बा ५ ख २०४९ नम्बरको उक्त टिपरका सहचालक चितवन भण्डारा घर भएका २८ वर्षीय राजेन्द्र चापागाईंको मृत्यु भएको हो ।   

महोत्तरीको भंगहा नगरपालिका–६ संग्रामपुरमा विपरीत दिशाबाट आइरहेको जीपलाई साइड दिने क्रममा  टिपर पल्टिएर उक्त दुर्घटना हुन पुगेको महोत्तरी प्रहरीले जनाएको छ । 

Related image

हाल फरार रहेका  टिपर चालकको खोजीकार्य भईरहेको र  घटनाको थप अनुसन्धान भइरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *