खाजाको पैसा बचाएर विद्यार्थीद्वारा आविष्कार केन्द्रलाई सहयोग

पुस १५, काठमाडौं । चावहिलस्थित एपेक्स लाइफ स्कुलका विद्यार्थीले आफ्नो खाजाको पैसा बचाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन्।
विद्यार्थीले जम्मा गरको रकम माविद्यालयले पनि थपेर कुल १ लाख १ हजार ५ रुपैयाँ सहयोग गरिएको हो ।
कीर्तिपुरमा मंगलबार आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने तथा विद्यार्थीले आविक्ष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई सहयोग रकम प्रदान गरेका छन् ।
null
नेपाली माटो सुहाउँदो ज्ञान, ज्ञान र अनुसन्धान गर्न स्थापित केन्द्रलाई सरकारले उपेक्षागरेको अवस्थामा विद्यार्थीले जोगाएको खाजावापतको रकममा विद्यालयले समेत थप गरी सो सहयोग प्रदान गरिएको निर्देशक न्यौपानेले बताए ।
‘सरकारले सहयोग गर्नुपर्ने संस्थालाई रचनात्मक र सिजर्नात्मक काम भनेर सांकेतिक रुपमा हामीले सहयोग गरेका हौं,’ निर्देशक न्यौपानेले भने।
२०४० सालमा स्थापना भएको सो विद्यालय शुरुमा शिशु निकेतन, त्यसपछि सेरेनभ्याली हुँदै एपेक्स लाइफ स्कुल नामाकरण भएको स्कूलका व्यवस्थापक विन्दु न्यौपानेले जानकारी दिइन् ।








