निर्भयाकी आमाले दया याचिकाका लागि समय दिएकोमा रुँदै भनिन्, ‘अदालतलाई दोषीको अधिकारको मात्रै चिन्ता’

पुष ३ । निर्भयाको सामूहिक बलात्कार पछि निर्मम हत्याका दोषी अक्षय, पवन, विनय र मुकेशलाई दया याचिका दर्ताका लागि एक हप्ताको समय दिइएको छ । पटियाला हाउस कोर्टले डेथ वारेन्टमाथि बुधबार सुनुवाई गर्दै  तिहाड जेल प्रशासनलाई एक हप्ताको नोटिस जारी गर्न निर्देशन दिएको छ ।  

त्यसपछि तिहाड प्रशासनले चारै आरोपीलाई नोटिस जारी गरेको छ । डेथ वारेन्टको सुनुवाईको क्रममा अदालतमा उपस्थित निर्भयाकी आमा आशा देवी रोएको भारतीय संचार माध्यमले जानकारी दिएको छ । उनले अदालतलाई उनीहरुको अधिकारको कुनै मतलब नभई दोषीको अधिकारको मात्र चिन्ता भएको बताएकी छिन् । 

सर्वोच्च अदालतको मृत्युदण्डको सजायमा अक्षयको पुनर्विचार याचिका खारेज भएपछि डेथ वारेन्टमा पटियाला हाउस अदालतमा सुनुवाई भइरहेको थियो । अब अदालतले जनवरी ७ मा डेथ वारेन्टमा निर्णय गर्नेछ । अक्षयका वकिल एपी सिंहले आज–भोलिमा क्यूरेटिव पिटिशन लगाउने र त्यसपछि राष्ट्रपतिलाई दया याचिका पठाउने जानकारी दिएका छन् । 

अदालतले दोषीलाई राहतका लागि समय दियोः आशा देवी 

निर्भयाकी आमाले भनिन्, ‘अदालतले दोषीलाई राहतका लागि समय दिएको छ । अदालतले दोषीहरुको अधिकार मात्र हेरिरहेको छ, हाम्रो अधिकार होइन । अर्को सुनुवाईमा फैसला सुनाइने छ भन्ने केही सुनिश्चितता छैन ।’ 

हाम्रो समवेदना पूर्ण रुपमा तपाईंसँगः दिल्ली अदालत 

न्यायाधीश सतिश कुमार अरोडाले आशादेवीलाई भने, ‘हाम्रो समवेदना पूर्ण रुपमा तपाईंको साथमा छ । हामीलाई यो कुरा राम्रोसँग थाहा छ कि कसैले आफ्नो ज्यान गुमाएको छ । तर उनीहरुको (दोषी) पनि अधिकार छ । हामी तपाईंहरुको कुरा नै सुन्नका लागि हौं, तर हामी पनि कानूनले बाँधिएका छौं ।’ 

फैसलामा पुनर्विचार गर्नुपर्ने गरी याचिकामा नयाँ तथ्य केही छैनः सर्वोच्च अदालत 

आशा देवीले सर्वोच्च अदालतमा निर्भयाको सामूहिक बलात्कार र हत्याका दोषी अक्षयलाई फाँसीको सजाय यथास्थानमा राखेकोमा खुसी व्यक्त गरेकी थिइन् । न्यायाधीस आर भानुमति, अशोक भूषण र एएस बोपन्नाको बेन्चले याचिका खारेज गर्दै भनेका थिए, ‘याचिकाकर्ताले जुन तर्क राखे, त्यो पहिला पनि राखिसकिएको छ । कुनै नयाँ तथ्य छैन जसका लागि सजायमाथि पुनर्विचारको आवश्यकता होस् ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =