उद्योगी व्यापारीलाई धम्क्याएर पैसा असुल्ने गरेको खुलासा

पौष ०१, काठमाडौं । उद्योगी व्यापारीलाई धम्क्याएर फिरौती असुली गर्ने गरेको आरोपमा पाँच दिनअघि पक्राउ परेका चार जनाविरुद्ध प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरूको अपराधको सूची लामो भएको खुलेको छ । 

अदालतबाट १० दिनको म्याद थपेर हिरासतमा राखी उनीहरूमाथि अनुसन्धान भइरहेको डीएसपी गोविन्द पुरीले बताए । ‘बम विस्फोट गराउँदै, पैसा असुल्ने गरेको खुलेको छ,’ उनले भने, ‘जहाँ जहाँ त्यस्तो घटना गरेका थिए, बयानमा सबै स्वीकार गरिसकेका छन् ।’ डर देखाएर फिरौती असुल्ने गिरोह समातिएपछि पीडित व्यापारीहरूले राहत महसुस गरेका छन् । 

परवानीपुर–४ का प्रमोदसाह गोढ, देवशंकर राम, जितपुर सिमरा–२० का अच्छेलाल गोसाइँ र फेटा–३ का दीपेन्द्रकुमार धानुक पक्राउ परेका हुन् । फिरौती लिएको ३ लाख नगद, मोबाइल र विभिन्न नम्बर भएका सिमसहित परवानीपुर–४ चैनपुरबाट उनीहरू पक्राउ परेका हुन् ।   

null

एकजना इँटा व्यवसायीलाई पैसा असुल्न बोलाएका बेला प्रहरीले चारैजनालाई पक्राउ गरेको हो । पक्राउमध्ये गोढले इँटा उद्योगी कलैया–२५ का मनोजप्रसाद साह तेलीलाई पटकपटक फोन गरी १५ लाख फिरौती रकम माग गरेको खुलेको छ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *