उदयपुरमा जीप दुर्घटना, तीनको मृत्यु पाँच घाईते

पुष ३, उदयपुर । उदयपुरमा बिहीबार भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।     

बिहान साँढे ७ बजे भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको  एस के ०१ पिबी ३०६८ नम्बरको जीप उदयपुरगढी गाउँपालिका–३ मा दुर्घनामा परेको हो । 

मृत्यु हुनेहरुमा उदयपुरगढी गाउँपालिका–३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्माली मगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठ रहेका छन् । 

null

घाइतेहरुको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको र तीन जना गम्भीर घाइतेलाई बाहिर रिफर गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *