उदयपुर जीप दुर्घना : मृत्यु हुनेको संख्या चार पुग्यो

पुष ३, उदयपुर । उदयपुरमा बिहीबार भएको जीप दुर्घटनामा परि मर्नेको संख्या चार पुगेको छ । उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो भने, पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठको कटारी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनामा भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राई लगायत ४ जना गम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको भारतीय गाडी बिहीबार अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।








