छापाः करोडपति सुब्बा- घुसको भारीले लच्किदैँ अदालतको कठघरामा, हिमपातले कतै सकस कतै खुसी, आगो बालेर वार्षिक परीक्षा

मंसिर २८, काठमाडौं । काठमाडौँ राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।   

नयाँ पत्रिकाले ‘करोडपति सुब्बा – इमानको कमाइले होइन घुसको भारीले लच्किदैँ अदालतको कठघारामा’भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने नयाँ पत्रिकाले नै  ‘कक्षा ५ मा एक्ली छात्रा’ भन्ने शिर्षकमा समाचार छापेको छ । त्यस्तै ‘काजकिरियामा कलिला अनुहार’ भन्ने शिर्षकमा पनि नयाँ पत्रिकाले नै समाचार छापेको छ ।   

त्यस्तै, गोरखा पत्रले ‘कानुन छिटो नबन्दा पानीजहाज चलाउन ढिलाइ’ भन्ने शीर्षकमा समाचार छापेको छ भने गोरखा पत्रले नै ‘चीनबाट आउन थालेपछि सस्तियो प्याज’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ । भने राजधानी दैनिकले नै आफ्नो पहिलो पृष्ठमा ‘हिमपात र वर्षासँगै चिसो बढ्यो’ भन्ने शीर्षकमा समाचार छापेको छ ।   

त्यस्तै, कान्तिपुर दैनिकले पहिलो पृष्ठमा ‘गोकर्ण रिसोर्ट यतिलाई अर्को २५ बर्ष पनि’ भन्ने शीर्षकमा समाचार छापेको छ भने कर्णालीपत्रले ‘आगो बालेर वार्षिक परिक्षा, यातायात ठप्प’ भन्ने शीर्षकमा समाचार छापेको छ । त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘हिमपातले कतै कसक कतै खुसी’ भन्ने शीर्षकमा समाचार छापेको छ ।  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *