नेपालका लागि साउदीका राजदूतले भने, ‘साउदीको विकासमा नेपालीहरुको विशेष योगदान छ, उनीहरुको समस्या समाधानमा हामी गम्भीर छौँ’

पुस ११, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले साउदी अरेबियामा रहेका नेपालीहरुको समस्या समाधान गर्न नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद सलिमान एम अल मरवानलाई आग्रह गरेका छन् ।   

शुक्रबार राजदूत मरवानसँगको गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री थापाले यस्तो आग्रह गरेका हुन् ।   

उनले साउदी अरेबियामा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको तथा त्यहाँ कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको विषय उठान गर्दै समाधानमा विशेष ध्यान आग्रह गरे ।   

साथै मन्त्री थापाले साउदी अरेबियामा हजका लागि जाने हाजिहरुको संख्या थप गर्न पनि राजदूतसँग आग्रह गरे । 

गतवर्ष साउदी अरेबियाले नेपालबाट हजका लागि जाने हाजिहरुको संख्या तीनसय थप गरिदिएको थियो ।   

यस्तै गृहमन्त्री थापाले राजदूत मुसेदसँग नेपाल र साउदी अरेबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदूत मरवानेको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।   

भेटमा राजदूतले मारवानेले रोजगारीको सिलसिलामा हाल तीन लाखभन्दा बढी नेपाली साउदी अरेबियामा रहेको जानकारी दिए ।   

उनले साउदीको विकासमा नेपालीहरुको विशेष योगदान रहेको चर्चा गर्दै उनीहरुको समस्या समाधानमा आफूहरु गम्भीर रहेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *