जलवायु सम्मेलनको चर्को आलोचना, ‘अवसर गुमेको’ टिप्पणी

मंसिर ३०, काठमाडौं । जलवायु सम्मेलनका कारण एकपछि अर्को डरलाग्दो अवस्थाको चित्रण गरिएका वैज्ञानिक विवरणहरूका माझ स्पेनको राजधानी मड्रिडमा सम्पन्न महत्त्वपूर्ण सम्मेलन विफल भएको भन्दै चर्को आलोचना भएका छन्। 

धेरै उत्सर्जन गर्ने देशहरूले निर्णायक कारबाही गर्नबाट रोकेको वातावरणवादीहरूले आरोप लगाएका छन्। हालसम्म भएका संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनहरूमध्ये सबभन्दा लामो मड्रिड सम्मेलन एउटा सम्झौतामा पुगेर टुङ्गिएको छ। 

थकित प्रतिनिधिहरूले कार्बन उत्सर्जन कटौतीबारे विश्वव्यापी प्रतिक्रिया बढाउने सहमति गरे। 

null

उक्त सहमतिअनुसार अब सबै देशले ग्लास्गोमा अर्को वर्ष हुने जलवायु सम्मेलनमा नयाँ वाचाहरू गर्नुपर्नेछ। 

दुई अहोरात्र गरिएको वार्तापश्चात् अर्को वर्षको सम्मेलनमा नयाँ र सुधारिएका उत्सर्जन कटौतीका योजना प्रस्तुत गरिने सहमति मात्र हुन सक्यो। 

चर्को आलोचना 

उक्त सम्झौताको चर्को आलोचना भइरहेको छ। सम्मेलनमा सहभागी कैयौँ प्रतिनिधिहरू एवं पर्यावरणवादी अभियानकर्मीहरूले उक्त सम्झौतालाई विफलता भनेका छन्। 

सबभन्दा धेरै प्रदूषण फैलाउने देशहरूले निर्णायक कारबाही गर्नबाट रोकेको उनीहरूले आरोप लगाएका छन्। 

टुभालुका प्रतिनिधिले दशौँ लाख मानिसहरूले अहिले नै जलवायु परिवर्तनको असर बेहोरिरहेको बेला यस्तो भएकै छैन भन्नु मानवताविरोधी अपराध ठहर्ने बताए। 

युरोपेली युनियन तथा साना टापु राष्ट्रहरूले उत्सर्जन कटौतीका थप महत्त्वाकाङ्क्षी लक्ष्यको समर्थन गरेका थिए भने, अमेरिका, ब्रजिल, भारत र चीनसहितका देशले त्यसको विरोध गरे। 

गुमेको अवसर 

सबै पक्षले विज्ञानले खतरनाक जलवायु परिवर्तनबाट जोगिन के आवश्यक छ भनेर औँल्याइरहेको विषय र सन् २०३० को दशकमै त्यो खतराको सीमा नाघ्ने विद्यमान अवस्थाबीच रहेका खाडल पुर्नुपर्ने जनाइएको छ। 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले मड्रिड सम्मेलनबाट प्राप्त परिणाम निराशाजनक भएको बताएका छन्। 

‘अन्तर्राष्ट्रिय समुदायले जलवायु सङ्कटलाई कम गर्न, अनुकूलन गर्न र त्योसँग जुध्न वित्तीय स्रोत परिचालन गर्न प्राप्त एउटा अवसर गुमाएको छ,’ उनलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ। 

यसैबीच विगतमा प्यारिस सम्झौता गराउन उल्लेख्य योगदान गरेको युरोपेली जलवायु प्रतिष्ठानकी लराँ टुबियानाले मड्रिडको निष्कर्षलाई मिश्रित उपलब्धि भन्दै विज्ञानले बताइरहेको भन्दा निकै कम उपलब्धि भएको बताएकी छन् । बीबीसीको सहयोगमा  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *