विनाशकारी भूकम्प गएको एक महिनामै २२ सय भन्दा धेरै पराकम्प

पुस १२, अल्बानिया । अल्बानियामा विनाशकारी भूकम्प गएको एक महिना पुगेको छ । ६ दशमलब ४ म्याग्निच्युडको उक्त भूकम्पका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । भूकम्पबाट थुप्रै भौतिक संरचना भत्किए । 

यससँगै निरन्तर पराकम्प आउने क्रम भने जारी छ । यो एक महिनाको अवधिमा २२ सय भन्दा धेरै पराकम्प आएको बताइएको छ । जसकारण स्थानीय बासिन्दाहरु अझै सुरक्षित स्थानको खोजीमा छन् । फेरि शक्तिशाली भूकम्प आउनसक्ने आशंकामा स्थानीयहरु त्रसित छन् । याे समाचार अन्नर्णपाेष्ट्ले छापेकाे छ  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *