सिद्धार्थ बैंकको ७ शाखाहरूको उद्घाटन
पुस १०, काठमाडौँ । सिद्धार्थ बैंकले पौष ८ र ९ गते औपचारिक रुपमा ७ शाखाहरूको उद्घाटन गरेको छ ।
बैंकले पौष ८ गते सप्तरी अवस्थित राजविराज शाखा, कल्याणपुर शाखा, सुनसरी अवस्थित इनरूवा शाखा र मोरङ अवस्थित महेन्द्र चोक शाखा, कञ्चनबारी शाखाको उद्घाटन गरेको हो भने पौष ९ गते दमक अवस्थित राजमार्ग शाखा र मोरङ अवस्थित पथरी शाखाका उद्घाटन गरेको हो ।
बैंकको राजविराज शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ सप्तरीका अध्यक्ष अरूण प्रधान, कल्याणपुर शाखाको उद्घाटन खडग नगरपालिकाका उपमेयर यासमिंन सुल्तान, इनरूवा शाखाको उद्घाटन इनरूवा नगरपालिकाका मेयर राजन मेहता, महेन्द्र चोक शाखा र कञ्चनबारी शाखाको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, राजमार्ग शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओली र पथरी शाखाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघ पथरीका अध्यक्ष दीपक बस्नेत र पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईबाट संयुक्त रुपमा भएको थियोे ।
बैंकले राजविराज शाखा गत २०७५ आश्विन ४ गते, कल्याणपुर शाखा गत कार्तिक १५ गते, इनरूवा शाखा गत भाद्र ३० गते, महेन्द चोक शाखा गत मंसिर २ गते, कञ्चनबारी शाखा गत वैशाख १६ गते, राजमार्ग शाखा गत वैशाख १६ गते र पथरी शाखा गत वैशाख ३१ गते नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।