नाडाको केन्द्रीय समितिले पायो पूर्णता
पुस १५, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको संशोधित विधान २०७१ को दफा २०.७ बमोजिम केन्द्रीय कार्य समितिका पदाधिकारीहरुको निर्वाचन सम्पन्न भएको छ ।
कृष्णप्रसाद दुलालको अध्यक्षतामा नवगठित कार्य समितिको निबर्तमान अध्यक्षमा शम्भुप्रसाद दाहाल, संस्थागत उपाध्यक्षमा नवराज डल्लाकोटी र सुभाष आचार्य रहेका छन् । नाडाको उपाध्यक्षद्वयमा आकाश गोल्छा र करण चौधरी रहेका छन् । भने, महासचिवमा सुनिल रिजाल तथा सचिवमा अनुप बराल रहेको नाडाले जनाएको छ ।
यसैगरी कोषाध्यक्षमा सुरेन्द्रकुमार उप्रेति र सहकोषाध्यक्षमा विक्रम सिंहानिया रहेका छन् । नाडाको संस्थागत केन्द्रीय कार्य समिति सदस्यमा धु्रववहादुर थापा र ऋषिकुमार ढकाल छन् । कार्य समिति सदस्यहरुमा भने क्रमस राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दीपक अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणी पाठक रहेका छन् ।
अध्यक्षबाट मनोनित केन्द्रीय कार्य समिति सदस्यमा प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया रहेको नाडाका महासचिब सुनिल रिजालले जनाएका छन् ।नाडाको केन्द्रीय समितिले पायो पूर्णता पुस १५, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको संशोधित विधान २०७१ को दफा २०.७ बमोजिम केन्द्रीय कार्य समितिका पदाधिकारीहरुको निर्वाचन सम्पन्न भएको छ ।
कृष्णप्रसाद दुलालको अध्यक्षतामा नवगठित कार्य समितिको निबर्तमान अध्यक्षमा शम्भुप्रसाद दाहाल, संस्थागत उपाध्यक्षमा नवराज डल्लाकोटी र सुभाष आचार्य रहेका छन् । नाडाको उपाध्यक्षद्वयमा आकाश गोल्छा र करण चौधरी रहेका छन् । भने, महासचिवमा सुनिल रिजाल तथा सचिवमा अनुप बराल रहेको नाडाले जनाएको छ ।
यसैगरी कोषाध्यक्षमा सुरेन्द्रकुमार उप्रेति र सहकोषाध्यक्षमा विक्रम सिंहानिया रहेका छन् । नाडाको संस्थागत केन्द्रीय कार्य समिति सदस्यमा धु्रववहादुर थापा र ऋषिकुमार ढकाल छन् । कार्य समिति सदस्यहरुमा भने क्रमस राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दीपक अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणी पाठक रहेका छन् । अध्यक्षबाट मनोनित केन्द्रीय कार्य समिति सदस्यमा प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया रहेको नाडाका महासचिब सुनिल रिजालले जनाएका छन् ।