निर्मला हत्या काण्डमा आधारित ‘कोपिला’ को ट्रेलर सार्वजनिक

पुस ७, काठमाडौँ । निर्मला हत्या काण्डमा आधारित राखेर निर्माण गरिएको चलचित्र ‘कोपिला’ को ट्रेलर सार्वजनिक गरिएको छ ।   

बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षिय निर्मला पन्तको बारेमा बनेको यस चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् ।   

चलचित्रको मुख्य पात्र निर्मलाको भुमिकामा सञ्जिवनी खरेललाई देखाईएको छ ।  सञ्जिवनीसँगै यस चलचित्रमा सरिता गिरी, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, गणेश गिरी, अस्मिता जुरेली, लगायतका कलाकारको भूमिका रहेकोछ ।   

Image result for ‘कोपिला’ को ट्रेलर

मनिराज गौतमको लगानी बनेको यस चलचित्रमा गणेश गिरीको प्रस्तुति रहेको छ ।   

सार्वजनिक गरिएको उक्त ट्रेलरमा स्वयम्  निर्मलाकी आमाको भनाईहरु पनि राखिएको छ । उउनले आफ्नो छोरीले न्याय नपाएको दुखेसो पोखेकी छिन् भने  आफ्नो छोरीले जस्तो अरुले पनि यस्तो पिडा भोक्नु नपरोस बताएकी छिन् ।     

https://youtu.be/UZgl3cMU3RA 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =