सुनचाँदीकै भाउ बढ्यो, यस्तो छ आजको भाउ
२०७६ पुस ८ गते

पुस ८, काठमाडौँ । सोमबार तोलामा ३ सय रुपैयाँ बृद्धी भएको सुन मंगलबार पनि तोलमा ३ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कायम भएको छापावाल सुन आज प्रतितोला ७२ हजार २ सय रुपैयाँमा करोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी हिजो प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा बिक्रीबितरण भईरहेको तेजाबी सुन आज प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा बिक्री बितरण भईरहेको छ ।

महासंघका अनुसार मंगलबार चाँदीको भाउमा पनि तोलामा १५ रुपैयाँ बृद्धी भएको छ । आज चाँदी प्रतितोला ८ सय ७५ मा बिक्रीवितरण भईरहेको महासंघले जनाएको छ ।
२०७६ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








