मेरिएट होटलको साथमा नयाँ वर्ष २०२० मनाउनुहोस्

पुस १४, काठमाडौं । मेरिएट होटलले पहिलो पटक ‘न्यू इयर इभ’ मनाउँन गइरहेको छ ।   

यो विशेष अवसरमा नियमित अतिथिहरु, नवआगन्तुक र पर्यटकहरु सम्पूर्णका लागि होटलले मुक्ति एण्ड रिभाइभल्सको लाइभ पर्फमेन्श, डीजे क्वीन र एक विशेष बेली डान्स कार्यक्रमको प्रत्यक्ष प्रदर्शनका साथ नृत्य र डाइनिंगको रमणीय साझँ बल रुममा आयोजना गरिएको छ । अतिथिहरुले आकर्षक प्याकेजहरु छनौट गर्न सक्नेछन् जसमा विशेष सुविधा र छुटका साथ आवासीय प्याकेज पनि समावेश रहेको छ । 

अझ आरामदायीक साझँ खोज्ने व्यक्तिहरुले होटलको मल्टी क्वीजीन रेष्टुरेन्ट “ठमेल किचेनमा” न्यू इयर इभ गाला डिनरमा सम्मिलित हुन सक्नेछन् र अनलिमिटेड बफेका साथ रातलाई उत्तम तिरकाले मनाउन सक्नेछन् । त्यसबाहेक आधुनिक एशियन रेष्टुरेन्ट एडमामेमा असाधारण क्वीलिनरी फेयरको आयोजना गरिनेछ जहाँ सेफ स्पेशल मेन्यू बाट ६ आधुनिक एशियन कोर्षहरु हुनेछ । यो रेष्टुरेन्टमा एकस्टिक ब्यान्डले प्रस्तुती दिनेछ । 

Marriott Logo.jpg

अतिथिहरुलाई अगाडि नै बुकिङ गर्न आग्रह गरिएको छ । होटलले सम्पूर्णलाई नयाँ वर्षको शुभकामना दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =