नर्वेकी राजकुमारीका पूर्व श्रीमानले गरे आत्महत्या

पुस १० नर्वे ।   नर्वेका राजाका पूर्व ज्वाईं एरी ब्यानको ४७ वर्षको उमेरमा निधन भएको उनका प्रवक्ताले जानकारी दिएका छन् । 

थुप्रै उपन्यास र नाटकका लेखक ब्यानले राजकुमारी मार्था लुइससँग सन् २००२ मा विवाह गरेका थिए । उनीहरुको दुई वर्षअघि सम्बन्धविच्छेद भएको थियो । उनका प्रवक्ताले नर्वेको एनटीबी एजेन्सीलाई ब्यानले अत्महत्या गरेको जानकारी दिए । 

नर्वेका राजा रानीले एक वक्तव्य जारी गर्दै भने, ‘हाम्रो परिवारमा उनको थुप्रै वर्षदेखि महत्वपूर्ण स्थान छ र उनका राम्रा यादहरु सधैं हामीमाझ रहिरहनेछ ।’ 

उनीहरुको विवाहका बेला डेनमार्कमा जन्मिएका ब्यानलाई राजकुमारी मार्था लुइसका लागि एक विवादास्पद साथीको रुपमा हेरिएको थियो । राजकुमारी मार्था राजा हाराल्ड र रानी सोन्जाकी एकमात्र छोरी हुन् । 

ब्यानले राजकुमारी मार्थालाई उनको आमामार्फत् भेटेका हुन् । उनकी आमा राजकुमारीकी फिजियोथेरापी प्रशिक्षक थिइन्  । त्यतिबेला ब्यान उनको किताब ‘स्याड एज हेल’ का लागि चर्चित थिए । उनी त्यतिबेला विवादमा आएका थिए जब उनलाई लागुऔषधको सेवन गरिरहेका यौनकर्मीसँग पार्टी गरिरहेको देखिएको थियो । 

उनीहरुका तीन छोरीहरु – माउद, लिह, एम्मा–  छन् । तर सन् २०१६ मा उनीहरु छुट्टि । त्यसको एक वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eleven =