ताैल घटाउने बेसार जसले सुन्निएकाे शरीर समेत बसाउँछ, यस्ता छन् अन्य फाइदा
पुष १०, काठमाडौं । विशेषगरी बेसार खानामा रंग ल्याउन प्रयोग गरिन्छ । तर यसले खानामा रंग ल्याउने मात्रै नभएर स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ ।
बेसारमा एन्टिअक्सिडेन्टको मात्रा हुन्छ, जसले पेटको समस्या, मेटाबोलिक डिसअर्डर, मोटोपना र अन्य समस्यामा लाभदायक भूमिका निभाउँछ । फाइदा गर्छ भन्दैमा फेरि यसको प्रयोग ज्यादा गरेमा स्वास्थ्यमा असर पुर्याउँछ ।
यस्ता छन् बेसारका फाइदाहरुः
सुन्निएको शरीर बसाउँछ
बेसार भएको दुध पिउँदा सुन्निएको शरीर बसाउने काम गर्छ । बेसारमा कर्क्युमिन नामको एन्टिअक्सिडेन्ट पाइन्छ जसले जोर्नी दुखाईलाई काम गर्न मद्दत गर्छ । बिहान मनतातो पानीसँगै बेसार खाँदा यसले विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ ।
तौल घटाउँछ
बेसारले रगतमा चिनीको मात्रालाई नियन्त्रण गरेर इन्सुलिन प्रतिरोधलाई रोकेर तौल घटाउन सहयोग गर्छ। व्यक्तिले आफ्नो हरेक खानामा बेसारलाई समावेश गर्ने प्रयास गर्नुपर्छ । बेसारको सेवनले पेटमा भएको पित्त उत्पादनमा वृद्धि हुन्छ । पित्तले खाना पचाउने रस निष्कासन गर्छ जसले बोसोलाई कम गर्न मद्दत गर्छ ।
एन्टिअक्सिडेन्टले भरपुर
बेसारमा एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले तपाईंको शरीरमा कुनै पनि क्षती हुनबाट जोगाउने गर्छ । आयुर्वेदमा बेसारलाई पीडा कम गर्ने औषधीको रुपमा पनि प्रयोग गरिन्छ ।