पेटको दुखाईले हैरान हनुहुन्छ ? अपनाउनुस् यी सरल घरेलु उपाय

मंसिर २४, काठमाडौं । पेट दुख्ने समस्या हामी सबैको साझा समस्या नै हो । यसको समस्या धेरैमा पाइन्छ । पेट दुखेमा बजारमा धेरै औषधीहरु पाइन्छन ।   

तर, बजारमा पाइने औषधी भन्दा घरेलु उपाय अपनाएमा शरीरलाई धेरै फाइदा हुन्छ । कतिपय औषधीहरु व्यथा घटाउने भन्दा बढाउने खालको हुन्छन् ।   

त्यसैले सकेसंम घरेलु औषधी कै प्रयोग गर्नु उत्तम हुन्छ । यसका लागी घरेलु टिप्सहरु छन् जसको प्रयोगले घरमा नै बसेर आफ्नो पेट दुख्ने समस्याबाट छुटकारा पाउन सक्नु हुन्छ । 

null

तुलसी 

तुलसीको सेवनले शरीरमा भएका अनेक रोगहरु निको हुने गर्छ , तुलसीलाई धर्तीको अमृत भन्ने पनि गरिन्छ । तुलसीको पातलाई कडा बनाएर पिउनाले झाडापखाला र कब्जियतबाट पनि राहत पाउन सकिन्छ । एक चम्चा तुलसीको रस पिउनाले पेट दुखाई निको हुने र बटारेको पनि ठिक पार्छ । दैनिक तुलसीको चार पातको नियमित सेवनबाट धेरै प्रकारका समस्याबाट राहत मिल्दछ । 

त्रीफला 

त्रिफलाले कब्जियतको समस्यामा निकै फाइदा पुर्याउँछ । तीन जडिबुटिको मिश्रणले त्रिफला बन्छ । जसमा आमलकी, हरतिकी र विभतकी मिसिएको हुन्छ । त्रिफलाको एक सय ग्राम चुर्ण र ६० ग्राम चीनी मिसाएर दिनमा दुइपटक सेवन गर्नाले पेटको सबै समस्याबाट राहत मिल्छ । 

बेथे 

बेथेको साग पेटको समस्याको लागी अंमृत नै मानिन्छ । यसले आमाशयमा शक्ति प्रदान गर्छ र कब्जियत हटाउछ । बेथेको सागले शरीरलाई शक्ति प्रदान गर्नुृका साथै पेट सम्बन्धि समस्यालाई निराकरण गर्न मद्दत पुग्छ । बेथेको रस र उमालेको सागको पानी खानाले ग्यास्ट्रिक, दुखाई र कब्जियत निको हुन्छ । 

सौंफ 

सौंफको प्रयोग खाना खाइसकेपछि गरिन्छ तर यसलाई पानीमा उमालेर सेलाएर पिउनुमा बढी फाईदा हुन्छ । दिनमा ३ पटक पिउनाले अपच र कफको समस्या बाट छुटकारा पाउन सकिन्छ । पेट दुखेको अवस्थामा सौंफलाई भुटेर चपाउदा पनि निको हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *