उखुको बक्यौता रकम माग्दै किसानहरु माइतिघरमा

पुस १२, काठमाडौं । बक्यौता रकम माग गर्दै उखु किसानहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । आज शनिबार उनीहरुले माइतीघर मण्डलामा धर्ना दिएर सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनीहरुले बक्यौता रकम नपाएसम्म राजधानीबाट नफर्कने बताएका छन् । सरकारले ५३६ रुपैयाँ प्रतिक्वीन्टल उखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा काटेर ४३५ रुपैयाँ प्रतिकिलोको मात्रै चिट दिने गरेका छन् । 

यसबाट उखु किसानहरु मर्कामा परेका छन् ।   

उखु किसानहरुले २०७० देखिकै रकम चिनी मिलहरुले नदिएको बताएका छन् । उखु किसानका अनुसार हालसम्म ५० करोड बक्यौता रकम छ । महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको उखु किसानहरुले बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *