नायिका बिनिता बराल छोरीकी आमा बनिन्
मकालु खबर
२०७६ पुस १० गते
पुस १०, काठमाडाैँ । ‘चपली हाईट’ चलचित्रबाट नाम कमाउन सफल नायिका तथा मोडल बिनिता बरालले छोरीलाई जन्म दिएकी छिन् ।
नायिका बिनिताले मंगलबार अमेरिकामै छोरीलाई जन्म दिएकी हुन् । उनले बुधबार सामाजिक संजाल मार्फत आफू आमा बनेको कुरा सार्वजनिक गरेकी थिईन् ।
उनले सामाजिक संजाल फेसबुकमा आफ्नो र बच्चाको फोटो सेयर गर्दै बच्चाको नाम समेत सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन् ।“ ‘कसैको हिजो आगमन भएको छ । उनको नाम ‘काया’ हो ।’”
नायिका विनिता अध्ययनका लागि अमेरिका जाँदा तिलक पौडेलको प्रेममा उनी परेकी थिईन् र उनले अमेरिकामै गत मे २७ तारिखमा प्रेमी तिलक पौडेलसँग बिवाह गरेकी हुन् ।
मकालु खबर
२०७६ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित