सानिमा बैंकले ल्यायो ‘सानिमा प्रथम घर कर्जा” को विशेष योजना, १००% सम्म कर्जा उपलब्ध गराउने

पुस ०३, काठमाडौं । सानिमा बैंकले “सानिमा प्रथम घर कर्जा” को विशेष कर्जा सुविधा योजना ल्याएको छ ।   

आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यस्तो विशेष कर्जा सुविधा योजना ल्याएको हो । यो सुविधा अन्र्तगत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १००% सम्म बैंकले कर्जा उपलब्ध गराउने छ ।   

“सानिमा प्रथम घर कर्जा” योजना अन्र्तगत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने छ । साथै ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न “सानिमा प्रथम घर कर्जा” अन्र्तगत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने छ । 

null

आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले “सानिमा प्रथम घर कर्जा” को आकर्षक फाइदाहरु तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्नेछन् । “सानिमा प्रथम घर कर्जा” देशभर रहेका सबै सानिमा बैंकका शाखाहरुबाट उपलब्ध हुनेछ । सानिमा बैंकको हाल ७९ वटा शाखाहरु, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहका  छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =