हिमपातले सडक यातायात र हवाई सेवा अवरुद्ध
मंसिर २८, काठमाडौं । पहाडी तथा हिमाली क्षेत्रमा शुक्रबार हिमपात भएको छ। हिउँ परेपछि ती क्षेत्रको जनजीवन कष्टकर बनेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर वर्षा भएको छ।
सबैभन्दा धेरै धनगढीमा ६४, नेपालगन्जमा ५५, डडेल्धुरामा ४३, वीरेन्द्रनगरमा ४१ र दिपायलमा ३२ मिलिमिटर वर्षा भएको छ। पोखरामा २२, जुम्लामा १८, भैरहवामा ९, ओखलढुंगा र दाङमा ५ तथा काठमाडौंमा चार मिलिमिटर वर्षा भएको छ।
राजधानीमा पनि बढी चिसो महसुस गरिएको छ। उपत्यकाका नगरकोट, फूलचोकी, चम्पादेवी, चन्द्रागिरिलगायत क्षेत्रमा हिमपात भएको छ। बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। याे समाचार अन्नपूर्ण पोस्टले छापेकाे छ ।
null