दयाहाङ र वर्षा बने जुसको ब्राण्ड एम्बासडर

मंसिर २२, काठमाडौँ ।  सोमबारदेखी बजारमा उपलब्ध हुने  ‘डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बासडर नायक  दयाहाङ राई र नायिका वर्षा सिवाकोटी बनेका छन् ।  जुसको एम्बासडर बनेपछी नायक दयाहाङ ले स्थ्य रहन मानिस सजग रहनु पर्ने बताए ।   

उनले कामको व्यस्तताले आफुले दैनिक स्वास्थ्यमा अपनाउनु पर्ने केहि सजगता बाध्यताका कारण अपनाउन नसकेको पनि बताए ।   

उनले भने  ‘दैनिकमा स्वास्थ्य रहन केहि सजगता अपनाउनु पर्छ । हामीलाई थाहा छ यस्तो गर्नु पर्छ भन्ने तर हामीले त्यसलाई लागु गर्न सकिरहेका छैनौ । यस कारण हामीले शरिरलाई चाहिने भिटामिन सी पाइरहेका हुँदैनौ, जसलाई केहि हदसम्म यसले पुरा गर्नेछ । यसको टेस्ट पनि राम्रो त्यसैले अन्य ड्रिंक्सको सट्टा यसलाई प्रयोग गर्दा स्वास्थ्यलाई पनि मदत गर्छ ।’ 

काठमाडौँमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको यस जुसको बारेमा नायक दयाहाङले जुसको ब्राण्ड एम्बासडर हुनु भन्दा अघि आफूले यसको  फाइदा बेफाइदाबारे सबै कुरा बुझेरमात्र एम्बासडर बनेको जानकारी गराए ।   

दयासँगै  ब्राण्ड प्रर्वधनमा सहयाेगी बनेकी नायिका वर्षाले कार्यक्रम बोल्दै ‘डबल सी’ को स्वाद अन्य ड्रिंक्स झैँ भएकाले सबैलाई मन पर्ने विश्वास गरिन् । 

थाइल्याण्डमा निकै रुचाइएको यो जुस  लेमन एण्ड लाइम र ओरेञ्ज एण्ड लेमन फ्लेभरमा नेपाली बजारमा  बजारमा उपलब्ध हुनेछ । यस जुसको मूल्य   एक सय रुपैयाँ निर्धारण गरिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =