राष्ट्रिय वाणिज्य बैंकको रोजगार उन्मुख तालिम प्रदेश १ मा

पुस १२, विराटनगर । राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित REEB Empowerment Academy को दोश्रो चरणको कार्यक्रम प्रदेश १ मा शुरु गर्ने भएकाे छ ।
वाणिज्य बैंकले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । फाईनासियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको उक्त एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद लम्सालले बताए ।
उनका अनुसार सहभागी हुन चाहनेले ०७६ पौष १२ देखि निःशुल्क आवेदन दिन सक्नेछन् ।

वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा पुस २५ देखि २७ गते सम्म सञ्चालन हुने छ । प्रदेश १ अन्तरगत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरु (कुनै पनि प्रकारका जागिरमा आवद्ध नभएका) लाई लक्षित गरी आवेदन आब्हान गरीएको छ ।
‘५५ वर्षको गर्विलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गको वृत्ति विकासका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम सञ्चालन गर्न लागिएको हो ।’ लम्सालले भने ।
वित्तिय क्षेत्रमा आफ्नो भविष्य बनाउन ठूलै शिक्षीत जमातहरु लालयीत भइरहेको परिप्रेक्षमा, रोजगार उन्मुख तालिमहरुले युवाहरुको वृत्ति विकासमा धेरै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आवेदकहरुमध्ये क्राइटेरीयाका आधारमा ५० जनालाई बैंकले उक्त तालिममा सहभागी गराई पेड इन्टर्नसीपमा समेत राख्ने छ । नेपालमै पहिलो पटक बैंकले निःशुल्क आयोजना गरेको युवा लक्षित रोजगार उन्मुख तालिमहरु निकट भविष्यमा बाँकी प्रदेशमा पनि सञ्चालन गर्ने लम्सालको भनाई छ ।








