काठमाडौँ आइपुगिन् अभिनेत्री तथा सदभावना दूत स्वी छिङ
मंसिर २०, काठमाडौँ । शुक्रबार चिनियाँकी चर्चित सेलिब्रेटी तथा चिनियाँ सदभावना दूत स्वी छिङ काठमाडौँ आईपुगेकी छिन् ।
आज अपरान्ह नेपाल भ्रमण वर्ष २०२० मा सहभागी हुन नेपाल आएकी अभिनेत्री तथा चिनियाँ सदभावना दूत स्वी छिङ नौ जना टोलीको साथमा नेपाल आएकी हुन् । उनलाई स्वागत गर्न नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टका चाइना टूर प्रमोसन कमिटीका संयोजक सुदर्शन नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको बताईएको छ ।
उनी नेपाल भ्रमणमा रहँदा नेपालकोतीन स्थान बर्दिया, लुम्बिनी र भक्तपुर घुम्ने कार्यक्रम रहेको छ । यस भ्रमणमा स्वी छिङले नेपालको प्रवद्र्धन गर्ने सामाग्री निर्माण गरी प्रचारप्रसार गर्नुको साथै बर्दियामा हात्ति सफारी, लुम्बिनी र भक्तपुरको विषयमा प्रवर्द्धनात्मक भिडियो बनाउने कार्यक्रम रहेको छ।
७ दिने नेपाल भ्रमण सकेर उनी डिसेम्बर १२ मा स्वदेश फर्किने बताईएको छ ।