नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन : नेता खनाल

मंसिर १९ इलाम ।  सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका विषयमा सरकारलाई सबै दलहरुले साथ दिनु पर्ने बताएका छन् ।  इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रममा बिहीबार बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेको खनालले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन र मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए । 

उनले लिम्पीयाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको र हुनुपर्नेमा पनि जोड दिएका छन् ।   

गत मङ्सिर १४ गतेबाट सञ्चालित महोत्सव १८ गते सम्पन्न भएको हो । स्थानीयवासीले उत्पादन गरेका वस्तु महोत्सवमा राखेका थिए । साथै  पर्यटकीय क्षेत्रमा सांकृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =