काठमाडौं उपत्यकाकै मुख्य नाका नागढुंगामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग

मंसिर २९, काठमाडौं । काठमाडौं उपत्यकाकै मुख्य नाकाका रुपमा लिइने नागढुंगा नाकामा अबको ४१ महिनाभित्र अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण गर्ने भएको छ ।   

उक्त नाकामा सवारी आवगमन सजह पार्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण गर्न लागिएको हो । उक्त सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी हाज्मा आन्दो कर्पेरिसन कम्पनीले गत नोभेम्बर १४ (कात्तिक १८) देखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गरिसकेको छ ।   

जापान सरकारको सहुलियत ऋण सहयोगमा बन्न लागेको उक्त आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् । यो समाचार नेपाल समाचारपत्रले छापेको छ ।   

Image result for नागढुंगा सुरुङमार्ग

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *