आयोजक द एक्सेल्सियरको तीनै टोली फाइनलमा

पुस १०, काठमाडौ । आठौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा बिहीबार आयोजक द एक्सेल्सियर स्कुलको तीनै टोली फाइनलमा प्रवेश गरेका छन् । 

यु–१६ ब्वाइजमा एक्सेल्सियरले बृहस्पति विद्या सदनलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, यु–१६ गल्र्समा एक्सेल्सियरले काष्ठमण्डपलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै पाखा लगाएको हो भने यु–१२ ब्वाइजमा एक्सेल्सियरले ग्रिनफिल्डलाई ४–० गोलले हराउदै फाइनलमा प्रवेश गरेको हो ।   

यु–१६ ब्वाइजमा एक्सेल्सियरका साकार उप्रेतीले ह्याट्रिक गरे भने धीरज जोशीले २ तथा मानव केसीले १ गोल थपेका थिए । फाइनलमा एक्सेल्सियरको भेट महामञ्जुश्रीसंग हुनेछ । त्यस्तै, यु–१६ गल्र्समा निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । उपाधिका लागि एक्सेल्सियरले ग्यालेक्सी विरुद्ध खेल्नेछ । र यु–१२ ब्वाइजमा एक्सेल्सियरले ग्रिनफिल्डलाई ४–० गोलले हराउदै किड्स लर्निङसंग उपाधि भिडन्त पक्का गरेको हो ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *