महिला सशक्तिकरणमा उल्लेख्य योगदान पुर्याएको भन्दै भगवती चौधरीलाई इन्टरनेश्नल अवार्ड

मंसिर २४, काठमाडौं । माइक्रोफाइनान्स अभियान्ता, महिला अधिकारकर्मी तथा राजनीतिज्ञ भगवती चौधरी वुमन्स लिडरसिप अवार्डद्वारा सम्मानित भएकी छिन् ।   

राजधानीमा आज सिएमओ एशियाद्वारा आयोजित अवार्ड कार्यक्रममा नेतृ चौधरीलाई उक्त अवार्डद्वारा सम्मानित गरिएको हो ।   

सोल्टि होटलमा आयोजित विशेष कार्यक्रममा चौधरीलाई लघुवित्त कार्यक्रम मार्फत् ग्रामिण क्षेत्रका अढाई लाख महिलाको आर्थिक सशक्तिकरण अनुकरणीय भूमिका निर्वाह गरेको भन्दै अवार्ड दिइएको हो ।   

सुनसरीको दुहवीमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था स्थापना गरी सोहिबाट गाउँघरमा आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा पछाडी परेका पारिएका महिलाहरु माझ लघुवित्त कार्यक्रम चलाएर उनीहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अवार्ड दिइएको हो ।   

‘यो अवार्ड पाउनुमा मलाई माया गर्ने सबै जनता, सहयोगी टीम, शुभचिन्तक, सरोकारवाला र जुरी मेम्बरस सबैको श्रेय रहेकाे छ’, अवार्डपछि चौधरीले भनिन् । 

फरवार्डले अहिले देशका ४० भन्दा बढी जिल्लाहरुमा आफ्नो शाखा विस्तार गरी महिला केन्द्रित कार्यक्रम चलाउँदै आइरहेको छ । ग्रामिण भेगका महिलामा रहेको सीपलाई ब्यवसायीकरण गर्दै महिलालाई आर्थिक क्षेत्रमा पहुँच अभिवृद्धि गर्ने फरवार्डको कार्यले दुई लाख पचास हजार महिला लाभान्वित भइरहेका छन् । 

फरवार्डले विशेष गरी सामुहिक जमानीमा विना धितो महिलाहरुलाई कर्जा प्रवाह गर्दछ भने, उनीहरुमा रहेको सीप, दक्षता र क्षमतालाई अभिवृद्धि गर्नका लागि विभिन्न तालिम समेत प्रदान गर्दछ । फरवार्डबाट सिपमुलक तालिम लिएपछि फरवार्डबाटै विना धितो कर्जा लिएर उद्यमी बन्ने महिलाहरु अहिले आत्मनिर्भर भइरहेका छन् ।   

अवार्ड ग्रहण गरेपछि बोल्दै नेतृ चौधरीले विशेष गरी ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाए महिलामाथि हुने हिँसाका घटनामा समेत कमी आउने भएकोले फरवार्डले सोहि अनुरुप रणतीति बनाएर ग्रासरुटमा कम गरिरहेको बताइन् ।   

अवार्ड कार्यक्रममा चौधरीसँगै जनावरहरुको अधिकारका लागि काम गर्दै आएकी स्नेहाज केयरकी स्नेहा श्रेष्ठ, नर्भिक इन्टरनेशनल हस्पिटलकी डाइरेक्टर मेगा चौधरी, नामी कलेजकी प्रिन्सिपल विदिषा चक्रवर्ती, काठमाडौं कलेज अफ मेनेजमेन्टका प्रिन्सिपल विष्णुराज अधिकारी, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाकी अध्यक्ष विन्दिया प्रधान लगायत स्वास्थ्य, शिक्षा, उद्योग, समाजसेवा लगायतका क्षेत्रमा सक्रिय लिडरहरुलाई अवार्ड दिइएको थियो ।   

सन् २०१० मा स्थापना भएको सिएमओ एशियाले विभिन्न देशहरुमा फरकफरक क्षेत्रमा काम गर्ने लिडरहरुको कामको मुल्यांकन गर्दै हरेक वर्ष यस्ता अवार्डहरु प्रदान गर्ने गर्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =